३५ सय रुपैयाँले घट्यो सुनको मूल्य, ग्राहकलाई थोरै राहत

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तीन हजार पाँच सयले घटेको छ। आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ कायम भएको छ।
बुधबार हालसम्मै उच्च मूल्यमा पुगेको सुन आज ३५ सय रुपैयाँले घटे पनि ग्राहकलाई भने थोरै मात्र राहत हुने भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ। त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर एक हजार चार सय पाँच पुगेको महासङ्घले जनाएको छ।
फागुन २६, २०७८ बिहीबार ११:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।