१७ मिनेटभित्र बेन्जेमाले ३ गोल गर्दा पीएसजीको लज्जास्पद हार

१७ मिनेटभित्र बेन्जेमाले ३ गोल गर्दा पीएसजीको लज्जास्पद हार

काठमाडौंः जारी च्याम्पियन्स लिग फुटबलको बुधबार राति सम्पन्न खेलमा स्टार खेलाडीले भरिएको पीएसजीले लज्जास्पद हार व्यहोरेको छ। पीएसजीलाई ३-१ गोलअन्तरले हराउँदै स्पेनिस क्लब रियल मड्रिड प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अन्तिम १६ को दोस्रो लेगमा रियलको जितमा करिम बेन्जेमा नायक सावित भए। उनले ह्याट्रिक गोल गरे। त्यो पनि १७ मिनेटभित्रमा।

बेन्जेमाले खेलको ६१औं, ७६औं र ७८औं मिनेटमा गोल गरेका हुन्। खेलमा सुरुआती अग्रता पीएसजीले लिएको थियो। केलियन एमबाप्पेले खेलको ३९औं मिनेटमा एक गोल गरेका थिए।

पीएसजीले पहिलो लेगमा १-० को जित निकालेको थियो। तर त्यही अग्रता दोस्रो लेगमा देखापरेन।

फागुन २६, २०७८ बिहीबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।