चीनमा बढ्दै कोरोना संक्रमितको संख्या

चीनमा बढ्दै कोरोना संक्रमितको संख्या

एजेन्सीः चीनमा पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमितहरूको संख्या बढेको छ। चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका छन्।

अघिल्लो दिन मंगलबार २३३ जना संक्रमित पाइएको थियो।

चीनका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन्। यसमध्ये सबैभन्दा बढी जिलिनमा छन्। जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको बताइएको छ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि सरकारले कोरोनाबाट निको भएका नागरिकहरूमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ। चीनमा बुधबारसम्ममा चार हजार ६ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

फागुन २६, २०७८ बिहीबार १०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।