सङ्खुवासभाको मादीमा बस दुर्घटना, १० जनाको मृत्यु 

सङ्खुवासभाको मादीमा बस दुर्घटना, १० जनाको मृत्यु 

काठमाडौंः सङ्खुवासभाको मादी नगरपालिका- ६ सातघुम्तीमा बस दुर्घटना भएको छ। दुर्घटनामा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सङ्खुवासभाको मादी ओखरबोटेबाट झापाको दमक*तर्फ आउँदै गरेको बा४ख ७३५ नम्बरको बस आज बिहान साढे सात बजे दुर्घटनामा परेको हो। बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ।

हाल घाइतेहरूको उद्धारकार्य जारी रहेको छ। बसमा सवार यात्रुको विवरण प्राप्त भइसकेको छैन।

*सच्याइएको

फागुन २६, २०७८ बिहीबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।