भक्तपुरमा पछिमा प्रतियोगिता हुने, विजेतालाई २० हजारसहित बाजा उपहार

भक्तपुरमा पछिमा प्रतियोगिता हुने, विजेतालाई २० हजारसहित बाजा उपहार

काठमाडौंः भक्तपुरमा नेवारी सांस्कृतिक बाजा पछिमाको प्रतियोगिता हुने भएको छ। सांस्कृतिक विधाको संरक्षण सम्वर्द्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाले यही फागुन २७ गते पछिमा बाजा प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगिता दरबारस्क्वायरमा हुनेछ। प्रतियोगितामा प्रथम हुने समूहले रु २० हजारका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान, बाँसुरी चार थान तथा द्धितीय हुनेले रु १५ हजारका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान पुरस्कार प्राप्त गर्नेछ।

त्यसैगरी तृतीय हुनेले रु १० हजार, पछिमा एक थान, सिछ्या एक थान तथा सान्त्वना पुरस्कार रु पाँच हजारका साथै पछिमा एक थान र सहभागी सबै टोलीलाई पछिमा बाजा एक/एक थान प्रदान गरिने वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए।

सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पछिमा बाजा प्रतियोगिता गर्न लागेको नगर प्रमुख सुनिल प्रजापतिले बताए।

फागुन २६, २०७८ बिहीबार ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।