रुस-युक्रेनका विदेशमन्त्री टर्कीमा भेट्दै

रुस-युक्रेनका विदेशमन्त्री टर्कीमा भेट्दै

एजेन्सी : रुसको विदेश मन्त्री सर्गेई लावारोव र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाविच टर्कीमा वार्ता हुने भएको छ। रुसले युक्रेनमा हमला गरेपछि पहिलो भेटघाट हुन लागेको हो। लावारोव टर्कीमा आयोजना हुने इन्टरनेशनल डिप्लोमेटिक फोरममा सहभागी हुँदै छन्। त्यही दुवै देशका विदेशमन्त्रीविच वार्ता हुन लागेको हो।

रुसको समाचार एजेन्टसी आइआइएका अनुसार टर्कीका विदेश मन्त्री मेवलुत चाउसोले दुवै देशका विदेश मन्त्रीको बैठकको प्रस्ताव गरेका थिए। बैठक १० मार्चमा हुने बताइएको छ। फोरम ११ मार्चमा हुँदै छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पटक-पटक शान्ति वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन। टर्की,इजरायल अनि फ्रान्सले दुवै देशबिच सहमतिका लागि मध्यस्थता गरिरहेको छ।

फागुन २५, २०७८ बुधबार २२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।