तीन साझेदारको हत्याका अभियुक्त पुर्पक्षका लागि जेल गए

काठमाडौँ : आफ्नै साथीहरूको हत्या गरेर खाल्डो खनेर पुर्न संलग्न देखिएका अनिलकुमार मण्डलसहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन्।
जिल्ला अदालत मोरङले मोरङले मण्डलसहित दिनानाथ सोनार, नासिर मियाँ, मोहम्मद सुभान मन्सुरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
घटनाका एक अभियुक्त नाबालिग समेत रहेकाले अदालतले उनलाई बाल सुधार गृह पठाएको छ। घटनामा मण्डलसहित ६ जनालाई प्रतिवादी बनाए मुद्दा दर्ता गरेको थियो।
जग्गा विक्री बापत आउने एक करोड ५० लाख रुपैयाँ कमिसन एक्लै लिन मण्डलले आफ्ना तीन जना साथीको हत्या गरेका थिए।
फागुन २५, २०७८ बुधबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।