इन्धन खपत घटाउन जोर-बिजोर लागु गर्न निर्देशन

काठमाडौँ : संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोर-बिजोर प्रणाली लागु गर्न सरकारलाई निर्देश दिएको छ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले इन्धनको मूल्य बढ्दा देशको अर्थतन्त्र जटिलता बनेको भन्दै बुधवारको बैठकले इन्धनको खपत घटाउने उपाय अपनाउन निर्देशन दिएको हो।
संसदीय समितिले सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न, इन्धन बिक्रीमा कोटा तोक्न र नेपालमा भारतीय सवारीसाधन नेपालमा इन्धन भर्न नदिन निर्देशन दिएको हो।
फागुन २५, २०७८ बुधबार २१:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।