तारागाउँ समितिको सदस्य सचिवमा विवादित लुइँटेल

काठमाडौँ : पर्यटन मन्त्री प्रेम आलेले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ।
मन्त्री आलेले बुधवार लुइँटेललाई सदस्य सचिवमा नियुक्त गरेका हुन्। उनी यस अगाडि समितिको अध्यक्ष र सदस्य सचिव भइसकेका थिए।
कृपाशुर शेर्पाको पालामा लुइँटेल समितिमा नियुक्त भएका थिए। एमाले निकट उनलाई एकीकृत समाजवादीबाट नियुक्त भएका हुन्।
समिति हायात होटललाई भाडामा दिएको जग्गा र शेयर संरचनाका कारण पटक-पटक विवादमा पर्ने गरेको छ। लुइँटेल यस अगाडि नै समितिको सम्पत्ति व्यवस्थापनमा विवादमा परेका थिए।
नगरकोट, पोखरा, ककनीमा होटल चलाउँदै आएको समितिको न्युरोडमा रहेको भवन भाडामा दिएको छ। हायात होटल भएको जग्गासँगै न्युरोडको भवन ठेक्का समेत विवादमा छ। सो भवन आङकाजी शेर्पाले मिलेमतोमा भाडामा लिएका थिए।
फागुन २५, २०७८ बुधबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।