ओलीको आपत्तिमा विश्वप्रकाशको टिप्पणी : विभाजित कम्युनिस्ट हरियो देखेर तर्सिन्छ

ओलीको आपत्तिमा विश्वप्रकाशको टिप्पणी : विभाजित कम्युनिस्ट हरियो देखेर तर्सिन्छ

काठमाडौँ : मत पत्र हरियो रङ्गको बनाउने निर्वाचन आयोगको निर्णयप्रति एमाले अध्यक्ष केपी ओलीले आलोचना गरेकोप्रति लक्षित गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिस्ट पार्टी हरियो रङबाटै डराउन थालेको टिप्पणी गरेका छन्।

ओलीले मङ्गलवार मतपत्रमा हरियो रङ्गको प्रयोग गर्नु कुनै दलको चुनाव चिन्हलाई देखाउने प्रयास भएको भन्दै आलोचना गरेका थिए। 'किन हरियो रङ्ग चाहियो? कुनै दलको चिन्ह हरियो भएकाले ?' उनले प्रश्न गरेका थिए।

महामन्त्री शर्माले ओलीको प्रतिक्रियाप्रति टिप्पणी गर्दै भने' एउटा उखान छ नि केले हरियो देख्छ भनेझैँ। अहिले विभाजित भएको कम्युनिस्ट हरियो देखेर तर्सिन्छ भन्ने देखियो।'

स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले काँग्रेस पार्टीको लागि मत माग्नका लागि मात्र नभई मतदातालाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन अपिल समेत गर्ने लक्ष्य रहेको बताए।

उनले निर्वाचन संहिताको पालनाबारे समेत सचेतना बढाउने दाबी गरेका थिए।

फागुन २५, २०७८ बुधबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।