नाबालिग पीडितको चरित्र हत्या गरेको आरोपमा युट्युवर पक्राउ

नाबालिग पीडितको चरित्र हत्या गरेको आरोपमा युट्युवर पक्राउ

काठमाडौँ : नाबालिग पीडितको चरित्रहत्या गरेको आरोपमा हरि उदासी भनिने हरि परियार र विशाल नेपाल नामक युट्युबका सञ्चालक निशान चिलवाल पक्राउ परेका छन्।

प्रहरीको साइबर ब्युरोले यी दुबैलाई पक्राउ गरेर अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिएको छ। कलाकार पल शाहले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि उदसीले युट्युब च्यानलमा गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यकासाथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी अनर्गल प्रचार गरेको प्रहरीको आरोप छ।

उदासीले नेपाल मिडिया नामक युट्युबमा नाबालिग पीडित विरुद्ध बोल्दै उनकै दोष रहेको दाबी गरेका थिए।

दुवै विरुद्ध  प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा  काठमाडौँ जिल्ला अदालतको अनुमतिमा पक्राउ गरेको हो। अदालतबाट दुवै जनाको ७/७ दिन म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

यस अगाडि प्रहरीले २ जना युट्युवरलाई पक्राउ गरिसकेको छ। २ दर्जन बढिबारे अनुसन्धान गरिरहेको छ।

फागुन २५, २०७८ बुधबार १७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।