रुस–युक्रेन एकदिने युद्धविराम गर्न सहमत

एजेन्सी: रुस र युक्रेनबीच बुधबार एक दिनको युद्धविराम गर्ने सहमति भएको छ। सर्वसाधारणलाई युद्ध प्रभावित क्षेत्रबाट भाग्न एक दिने युद्धविराम गरिएको हाे ।
मस्कोले किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरुमा बुधबार बिहान ९ः०० देखि बिहीबार बिहान ९ः०० बजेसम्म युद्धविराम गर्ने जनाएको छ।
उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ।आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चारजना विस्फोटमा परेका समाचारमा जनाइएको छ।
मङ्गलबार करिब ६० बसले किभबाट ३५० किलोमिटर पूर्वमा रहेको सुमीबाट सर्वसाधारणलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट ५,००० भन्दा बढी मानिसलाई विस्थापित गरिएको थियो। यस शहरमा रुसले ठूला आक्रमण गरेको छ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसिआरले युक्रेन शरणार्थीहरूको कुल संख्या २१ लाखदेखि २२ लाखसम्म पुगेको अनुमान गरेको छ।
फागुन २५, २०७८ बुधबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।