कांग्रेस जहाँ कमजोर छ, त्यहाँ गठबन्धन हुन्छः वरिष्ठ नेता पौडेल

कांग्रेस जहाँ कमजोर छ, त्यहाँ गठबन्धन हुन्छः वरिष्ठ नेता पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन्। नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले दमौलीमा आयोजना गरेको तरुण भेलालाई आज सम्बोधन गर्दै पौडेलले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताएका हुन्। 

पौडेलले संविधानको रक्षाका गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा हुने बताए। 

कांग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने बताउँदै कांग्रेस एकजुट भए मात्रै आगामी निर्वाचन जित्न सकिने उनले बताए। कांग्रेसलाई जिताउन युवाको महत्वपूर्ण भूमिका हुने भएकाले युवाहरु एक हुनुपर्ने उनले जोड दिए। पौडेलले भने, “युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरु कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ।” 
 

फागुन २५, २०७८ बुधबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।