देउवा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने जनमोर्चाको निर्णय

देउवा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने जनमोर्चाको निर्णय

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ। फागुन २३ गते बसेको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो। जनमोर्चा एमसीसीका विषयमा असन्तुष्टि जनाउँदै पाँच दलिय गठबन्धनबाट बाहिरिएको थियो। 

प्रतिगमन विरुद्ध बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिए देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने खतरा देखिएकोले देशको राजनीतिलाई गलत दिशामा जान नदिनका वर्तमान सरकारलाई दिएको समर्थनलाई कायम राख्ने निर्णय भएको पार्टीका महासचिव मनोज भट्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ। 

सरकारले एमसीसी सम्झौता संसदबाट पारित गराउन खेलेको भूमिका र सरकारका विभिन्न गलत काम कारवाहीको विरोध भने कायमै राख्ने जनमोर्चाले जनाएको छ। 

एमाले र राजावादी शक्तिहरूसँग चुनावी तालमेल नहुने भन्दै स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

फागुन २५, २०७८ बुधबार १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।