सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा २५ सय रुपैयाँको वृद्धि

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा २५ सय रुपैयाँको वृद्धि

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य एकैदिन २५ सय रुपैयाँले वृद्धी भएको छ। आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार पाँच सय कायम भएको छ।

नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो। यसअघि २०७७ साउन २३ गते सुनको मूल्य एक लाख तीन हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो। रुस-युक्रेन युद्धको असरले हाल अन्तर्राष्ट्रिय बजारमा सुन, खानेतेल, इन्धन लगायतको मूल्यमा उच्च वृद्धि भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्यमा पनि तोलामा ४० रुपैयाँले वृद्धि भएको छ। आज प्रतितोला एक हजार चार सय ५० रुपैयाँमा चाँदी कारोबार भइरहेको महासङ्घले जनाएको छ।

फागुन २५, २०७८ बुधबार ११:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।