बिरालोलाई थापेको पासोमा चितुवा परेपछि...

बिरालोलाई थापेको पासोमा चितुवा परेपछि...
फाइल तस्बिर

काठमाडौंः दहचोकमा बिरालोलाई थापेको पासोमा चितुवा परेको छ। दलबहादुर बुढाले थापेको पासोमा चितुवाको खुट्टा अड्किएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पासोमा परेको चितुवाको उद्धार गर्न वन कार्यालयको टोली दहचोक पुगेको छ। टोलीले चितुवालाई सदर चिडियाखाना जावलाखेल ल्याउने प्रहरी कार्यालय बलम्बुले जनाएको छ।

फागुन २५, २०७८ बुधबार १०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।