एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

बैतडीः जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई पार्टीबाट निष्काशित गरिएको छ। नेकपा (एमााले)बाट गाउँपालिका उपाध्यक्ष निर्वाचित चन्दलाई एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै कारबाही गरिएको मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। उनले राष्ट्रिय सभाको निर्वाचनमा अन्तर्घात गरेको विज्ञप्तिमा उल्लेख छ।

माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो।

यस्तै उनले पार्टीलाई बुझाउनुपर्ने लेबी समेत नबुझाएको, पार्टीको हितविपरीत काम गरेको र स्पष्टीकरण सोध्दासमेत नदिएकाले  कारबाही गरिएको जनाइएको छ।

फागुन २५, २०७८ बुधबार १०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।