लागूऔषधसहित २० र २१ वर्षीय तीन युवाहरू पक्राउ

लागूऔषधसहित २० र २१ वर्षीय तीन युवाहरू पक्राउ

पाल्पाः लागूऔषधसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ।

बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाडि सवार श्रीषसँग लागूऔषध भेटिएको थियो। प्रहरीले श्रीषको साथबाट नुफ्रिन तीन, एम्पुलडाइजेपाम दुई, प्रेरथोजिम तीन एम्पुल, प्रयोग गरेको याइजेपाम एक थान, सिरिन्ज दुई थान फेला पारी मोटरसाइकल चालक घर्तीमगरसहित दुवै जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताए।

यस्तै तानसेनबाट सर्देवा जाने क्रममा रिब्दीकोट गाउँपालिकाको दुम्रीकास्थित ध१प १०४९ नंको मोटरसाइकल जाँच गर्दा पुनसँग डाइजेपाम २२, नुफ्रिन २०, प्रेरथोजिम २२ गरी ६४ एम्पुल फेला पारेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पुनलाई हार्थोक प्रहरी चौकीको टोलीले जाँच गर्दा लागूऔषधसहित फेला पारेको हो।

फागुन २५, २०७८ बुधबार ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।