एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, नेपालले राजनीतिक प्रतिवेदन पेश गर्ने

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, नेपालले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौंः नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। दुईदिने बैठक आज बिहान ११ बजेका लागि तय भएको छ।

बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरूपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तार, पार्टी तथा जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउनेलगायत विषयमा छलफल गरिनेछ।

यस्तै अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि पनि गहन छलफल हुनेछ। उनले वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको प्रतिवेशन पेश गर्नेछन्।

यस्तै अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी)का विषयमा पनि बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए।

फागुन २५, २०७८ बुधबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।