डेढ करोड ठगी आरोपमा घोराही उपमहानगरका मेयरका छोराविरुद्ध उजुरी दर्ता

दाङः घोराही उपमहानगरपालिकाका मेयर धनश्याम पाण्डेका छोराविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता भएको छ। डेढ करोड ठगी गरेको आरोपमा मेयर पाण्डेका छोरा निर्माण व्यवसायी अनुप पाण्डेविरुद्ध उजुरी परेको हो।
घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूबाट डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले घोराही–तुलसीपुर सडक निर्माणको क्रममा टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको रकम एक करोड ४४ लाख रुपैयाँ नदिएको भन्दै बस्नेतले पाण्डेविरुद्ध ठगी मुद्दामा उजुरी दिएको बताए।
फागुन २४, २०७८ मंगलबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।