आतङ्कवाद प्रभावित देशहरूको सूचीमा अफगानिस्तान शीर्ष स्थानमा

आतङ्कवाद प्रभावित देशहरूको सूचीमा अफगानिस्तान शीर्ष स्थानमा

एजेन्सीः सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा अफगानिस्तान परेको छ। अर्थशास्त्र र शान्ति संस्थान (आईईपी)द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कमा यसबारे जानकारी गराइएको छ।

२०२१ मा आतङ्कवादबाट अफगानिस्तानमा एक हजार चार सय २६ जनाको ज्यान गएको छ। जुन विश्वको कुल सङ्ख्याको २० प्रतिशत हो। आईईपी प्रतिवेदनअनुसार अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तीमा दुई हजार एक सय ९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन्।

अफगानिस्तानपछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी हमला गरिएका प्रतिवेदनमा उल्लेख छ। संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा दुई करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ।

फागुन २४, २०७८ मंगलबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।