जसपाका ९ केन्द्रीय सदस्यसहित दर्जनौंलाई एमालेमा भित्र्याए ओलीले

जसपाका ९ केन्द्रीय सदस्यसहित दर्जनौंलाई एमालेमा भित्र्याए ओलीले

पोखराः जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र पूर्वसंविधान सभा सदस्य डीबी नेपालीसहित दर्जनौं नेता/कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्। जसपाका ९ केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृ संगठनका अध्यक्ष ३ जनासहित थुप्रै एमालेमा प्रवेश गरेका हुन्।

पोखरामा आयोजित एक कार्यक्रममा उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। सुवेदी र नेपालीसहित पूर्वसंविधान सभा सदस्य कशिम अली सिद्धिकी, जसपा केन्द्रीय सदस्य समेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजङ्ग बस्नेत, मनकुमारी बुढा एमाले प्रवेश गरेका छन्।

त्यसैगरी अन्य प्रवेशीहरूमा केन्द्रीय सदस्य राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वतका जिल्ला अध्यक्ष नवीन पुन रहेका छन्।

फागुन २४, २०७८ मंगलबार १३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।