युद्धको प्रभाव: युक्रेन र स्कटल्याण्डबीचको सेमिफाइनल खेल स्थगित

एजेन्सीः युक्रेन र स्कटल्याण्डबीचको विश्वकप सेमिफाइनल प्लेअफ खेल स्थगित भएको छ। मार्च २४ का लागि तय भएको खेल रुस-युक्रेन युद्धका कारण हाललाई स्थगित भएको हो।
खेल जुन महिनामा हुन सक्ने बताइएको छ। युक्रेनी फुटबल संघले गत साता फिफालाई गरेको आग्रहअनुसार खेल स्थगित गरिएको हो। युक्रेनको घरेलु फुटबल युद्ध सुरु भए यता ठप्प छ।
रुसलाई फिफाले सबै प्रकारका प्रतियोगिताबाट निष्काशित गरिसकेको छ।
फागुन २४, २०७८ मंगलबार १२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।