महोत्तरीमा टाटा सुमोको ठक्करले दुई जनाको मृत्यु

महोत्तरीमा टाटा सुमोको ठक्करले दुई जनाको मृत्यु

महोत्तरीः जिल्लाको औरही नगरपालिका-४ कठुधारमा हिजो साँझ टाटासुमोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। सुमोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका-२ का २२ वर्षीय संजित मण्डल र पछाडि सवार सम्सी गाउँपालिका-१ पर्साका १२ वर्षीय धिरज मण्डल रहेका छन्।

गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा जलेश्वरस्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो।

हिजो बेलुकी साढे ७ बजे प्रदेश२–०२–००१ च ०८४१ नम्बरको टाटा सुमोले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई ईलाका प्रहरी कार्यालय गाौशालाले नियन्त्रणमा लिएको छ।

फागुन २४, २०७८ मंगलबार ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।