टहराभित्र अर्धनग्न अवस्थामा फेला परेको शवको सनाखत

काठमाडौंः टहराभित्र मृतावस्थामा फेला परेको शवको पहिचान खुलेको छ। मृतक काभ्रे नमोबुद्धकी जेनिसा नगरकोटी रहेको प्रहरी अनुसन्धानमा खुलेको हो।
गए राति करिब १० बजे महानगरीय प्रहरी परिसर भक्तपुरको टोली घटनास्थल पुग्दा अर्धनग्न अवस्थामा परालले छोपेर राखेको शव फेला पारेका थिए। प्रहरीले मृतकको घाँटी पनि रेटिएको, शरीरका विभिन्न भागमा समेत काटेको चोट फेला पारेको थियो।
चाँगुनारायण नगरपालिका–७, बागरेमा तरकारी खेती हुँदै आएको स्थानमा टिनको टहराभित्र उक्त शव फेला परेको थियो।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गर्दैछ। प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।
फागुन २४, २०७८ मंगलबार ११:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।