नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट हुँदै

काठमाडौंः नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदैछ। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
त्यसमा पनि सर्वसाधारणका लागि सात लाख ७४ हजार ५६३ कित्ता शेयर मात्र खुला गरिएको थियो। जसमा २६ लाख बढीले आवेदन दिएका छन्। तर आज ७७ हजारले मात्र शेयर पाउनेछन्। अरूको हात खाली हुनेछ।
फागुन २४, २०७८ मंगलबार ०९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।