रामकोटमा एकै परिवारका पाँच जना बेहोस, एकको मृत्यु, विषादी सेवन गरेको आशंका

रामकोटमा एकै परिवारका पाँच जना बेहोस, एकको मृत्यु, विषादी सेवन गरेको आशंका

काठमाडौंः नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन्। सोमबार राति ९.३० बजे उनीहरू बेहोस अवस्थामा भेटिएका हुन्।

तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गए राति १०.३० बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

बेहोस अवस्थामा फेला पर्नेमा ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान रहेका छन्। उनीहरूले विषादी औषधि सेवन गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

हाल चारै जनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको छ। काठमाडौं महानगरपालिका–१५ डल्लु घर भएका उनीहरू नागार्जुनमा भाडामा बस्दै आएका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

फागुन २४, २०७८ मंगलबार ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।