मोटरसाइकलको ठक्करबाट ड्युटीमा रहेका प्रहरी हवल्दार शाहीको मृत्यु

मोटरसाइकलको ठक्करबाट ड्युटीमा रहेका प्रहरी हवल्दार शाहीको मृत्यु

बाँकेः नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नम्बरको मोटरसाइकलले गए राति नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरी जवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अस्थायी प्रहरी पोष्ट राँझा बिटमा कार्यरत बाँसगढी नगरपालिका–६ बर्दिया निवासी शाहीको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए।

प्रहरी जवान चौधरी र मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ। मोटरसाइकल चालक गेरुवा गाउँपालिका बर्दिया निवासी २४ वर्षीय सन्तोष बम ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक शाहले बताए।

फागुन २४, २०७८ मंगलबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।