'अन्टल्या कूटनीति फोरम'मा सहभागी हुन परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

काठमाडौंः परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की जाने भएका छन्। टर्कीका परराष्ट्रमन्त्रीको निमन्त्रणामा उनी अन्टल्या कूटनीति फोरममा सहभागी हुने टर्की जान लागेका हुन्।
फोरम ११ देखि १३ मार्चसम्म चल्नेछ। फोरममा ५० भन्दा बढी राष्ट्रका परराष्ट्रमन्त्रीहरू, नीति निर्माताहरू तथा विज्ञहरूको सहभागिता रहने छ। यो वर्षको फोरमको नारा 'रिकोडिङ डिप्लोमेसी' रहेको छ।
मन्त्री खड्काले टर्कीमा गैरआवासीय नेपाली संघका अधिकारीहरू तथा इस्तानबुलमा रहेका नेपाली उद्यमीहरूसँग पनि भेटघाट गर्नेछन्।
फागुन २४, २०७८ मंगलबार ०८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।