आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौंः आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवस रहेको छ। हरेक वर्ष मार्च ८ तारिखमा यस दिवसका अवसरमा विश्वभर विविध कार्यक्रम गरी मनाउने गरिन्छ।
सन् २०२२ को महिला दिवसको मुख्य नारा 'दीगो भोलिका लागि आजको लैङ्गिक समानता' रहेको छ। महिला दिवस महिलाहरूले हासिल गरेको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको पहिचानस्वरूप पनि मनाउने गरिन्छ।
पहिलो पटक सन् १९११ मा मनाइएको महिला दिवस नारी मुक्ति आन्दोलनसँग गासिएको छ। संयुक्त राष्ट्रसंघले भने सन् १९७७ मा पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दिएको थियो।
फागुन २४, २०७८ मंगलबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।