पलको विपक्षमा २२ अधिवक्ताले बहस गर्ने

काठमाडौँ : अभिनेता पल शाहविरुद्ध परेको नाबालिग बलात्कारको पीडितको पक्षमा २२ जना अधिवक्ताहरूले बहस गर्ने भएका छन्। निःशुल्क बहसका लागि अभियान सुरु भएपछि २२ जना अधिवक्ता पीडित नाबालिगको तर्फबाट बहसका लागि तयार भएका हुन्।
प्रारम्भमा अधिवक्ता राधिका खतिवडाले नाबालिगलाई कानुनी रूपमा सघाउँदै आएकी थिइन्। पल शाहको तर्फबाट वरिष्ठ अधिवक्ताहरू बहसमा सहभागी हुने भएपछि इच्छुक कानुन ब्यवसायीहरुलाई बहसमा जोडिन अधिवक्ता मोहना अन्सारीले सामाजिक सञ्जालबाट आव्हान गरेपछि सोमबार बेलुकासम्म २२ जनाले आफू बहसमा सहभागी हुने जानकारी गराएका छन्।
अधिवक्ता सरिता तिवारीले फेसबुकमा सार्वजनिक गरे अनुसार नाबालिगको तर्फबाट अधिवक्ता मोहना अन्सारी, मिरा ढुङ्गाना, शुष्मा वास्कोटा, ओम अर्याल, राधिका खतिवडा, ईला शर्मा, सरिता तिवारी, कुमारी खरेल, मनिष कुमार श्रेष्ठ, केदार गुरागाईँ, रामेश्वर प्रसाद कोइराला, अञ्जना अर्याल, अपेक्षा निरौला, अमृता अर्याल, माया घिमिरे, जयन्ती पाठक, रुपा पोखरेल, दिल कुमारी राई, शैलेन्द्र प्रसाद अम्बेडकर, विकास भट्टराई, शिवजी भण्डारी र राहुल झा बहसमा सहभागी हुने भएका छन्।
फागुन २३, २०७८ सोमबार २३:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।