नेपाल बारमा सत्ता गठबन्धन र एमाले उम्मेदवारबिच प्रतिस्पर्धा

काठमाडौँ : नेपाल बार एशोसियसनको आसन्न निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबिच प्रतिस्पर्धा हुने भएको छ।
अध्यक्षका उम्मेदवार अधिवक्ता गोपाल कृष्ण घिमिरे नेपाली काँग्रेस निकट हुन्। उनी काँग्रेसको चौधौँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक पनि हुन्। घिमिरे गठबन्धनको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका हुन्। अध्यक्षका अर्का उम्मेदवार विष्णुमणि अधिकारी एमाले निकट हुन्।
१९ चैतमा नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ।
फागुन २३, २०७८ सोमबार २२:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।