आयल निगमलाई इन्धन किन्न सरकारले चार अर्ब २५ करोड दिने

आयल निगमलाई इन्धन किन्न सरकारले चार अर्ब २५ करोड दिने

काठमाडौंः नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि सरकारले रकम उपलब्ध गराउने भएको छ। सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको निगमलाई चार अर्ब २५ करोड उपलब्ध गराइने भएको हो।

मूल्य स्थिरीकरण कोषको आज बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतको अपुग रकम उपलब्ध गराउन लागेको हो। निगमले आईओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ता बापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो।

निगमले प्रत्येक महिनाको ८ र २३ तारिखका दिन आईओसीलाई किस्ता बुझाउँदै आएको छ।

गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करिब दुई अर्ब ५० करोड घाटा व्यहोरिरहेको निगमले जनाएको छ।  केही समय यता रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम अझै अपुग हुने स्थिति देखिएको निगमले जनाएको छ। विश्व बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर नाघेको छ।

फागुन २३, २०७८ सोमबार २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।