माओवादीले टुङ्ग्यायो प्रदेश प्रमुख, बागमतीमा हितमान, लुम्बिनीमा चक्रपाणि

माओवादीले टुङ्ग्यायो प्रदेश प्रमुख, बागमतीमा हितमान, लुम्बिनीमा चक्रपाणि

काठमाडौँ : माओवादी केन्द्रले पार्टी प्रदेश इन्चार्जहरूको टुङ्गो लगाएको छ। पार्टीको २० फागुन देखि aसेको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङका अनुसार प्रदेश १ को इन्चार्ज राम कार्की, मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेल इन्चार्जको जिम्मेवारी पाएका छन्।

माओवादीले स्थानीय तह निर्वाचन र त्यसपछिका निर्वाचनलाई लक्षित गरेर विशेष कार्य योजना समेत बनाएको उनले जानकारी दिए।

फागुन २३, २०७८ सोमबार १९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।