माओवादी केन्द्रीय सदस्यको नाममा विवाद

काठमाडौँ : माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति २ सय ९७ जनाको मात्रै बनाउने भएको छ। ९७ जनाको नाम थप गरेर केन्द्रीय समिति बैठकमा अनुमोदनको लागि प्रस्ताव गर्दा विवाद भएपछि केन्द्रीय समितिको प्रस्तावित सूचीकै नाम हटाइएको हो।
बाँकी नाम पछि थप गर्ने गरी केन्द्रीय समिति बैठकले निर्णय गर्न लागेको बैठकमा सहभागी एक नेताले बताए। केन्द्रीय प्रतिनिधि र १३ जना थप भए पनि अन्यको नाम अहिले हटेको ती नेताले बताए।
प्रचण्डले सोमबारको बैठकमा २ सय ९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने बताएको एक नेताले बताए।
प्रचण्डका अनुसार कुल केन्द्रीय समिति सङ्ख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव गर्दै जसअनुसार ८५ जना मनोनयन हुने बताएका छन्।
माओवादीको केन्द्रीय कमिटी बैठकमा विभिन्न भातृ सङ्गठनले आफ्नो योगदानलाई नजरअन्दाज गरिएको भन्दै लिखित रूपमा असहमति जाहेर गरेका थिए। वाइसिएल अनेरास्ववियु क्रान्तिकारी लगायतका भातृ सङ्गठन डेलिगेसनमा छन्।
प्रभावशाली नेताहरू र भातृ सङ्गठनले केन्द्रीय सदस्यमा आफ्ना मान्छे पार्न लबिङ गरेपछि सहमति हुन सकेको छैन।
फागुन २३, २०७८ सोमबार १८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।