छामेर कति रुपैंया हो पहिल्याउन सकिने एक रुपैंयाको सिक्का आउँदै

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले एक रुपैंयाको सिक्का बजारमा ल्याउने भएको छ। बैङ्कले फागुन २५ बाट एक रुपैंया दरका सुनौलो रङगको सिक्का बजारमा ल्याउन लागेको हो।
सिक्कामा ६४ वटा थोप्लो रहेको र वृत्ताकार घेराभित्र हिमाल,पहाड र तराइको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ। फरक क्षमता भएकाहरूका लागि सिक्का पहिचान गर्न सहज होस् भनेर एउटा मोटो थोप्लो समेत राखेको बैङ्कले जानकारी दिएको छ।
सिक्काको पछाडि सगरमाथा नेपाल लेखिएको र वृत्ताकारभित्र चन्द्र, सूर्य, चक्र ,सङ्ख, पद्म र गदा रहेको सगरमाथाको आकृति समेत राखिएको छ।
फागुन २३, २०७८ सोमबार १८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।