केन्द्रीय कमिटी विस्तारमा वाईसीएलको विमती

काठमाडौं: नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गर्दा आफ्नो योगदानको कदर नगरिएको भन्दै पार्टीको भातृ संगठन वाईसीएलले विमती जनाएको छ। केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकले ९७ केन्द्रीय सदस्य थप्ने निर्णय गरेको थियो।
जसमा योगदानको कदर नभएको भन्दै वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा' सहितका नेताहरूले लिखित रूपमा असन्तुष्टि राखेका छन्। केन्द्रीय सदस्य प्रस्ताव गरिए पनि त्यसमा हेरफेर गर्न र छुटेका व्यक्तिहरूको नामावली पठाउन सम्बन्धित कमिटीलाई समय दिइएको हो।
फागुन २३, २०७८ सोमबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।