नाबालिग विरुद्ध बोल्ने वाइबा लगायत आधा दर्जन युट्युबर प्रहरी नियन्त्रणमा

नाबालिग विरुद्ध बोल्ने वाइबा लगायत आधा दर्जन युट्युबर प्रहरी नियन्त्रणमा

काठमाडौं : नाबालिग गायिकाको हत्या गर्ने टिप्पणी गर्दै पल शाह रिहा नगरे प्रहरीलाई नै बलात्कारको आरोप लगाइदिने धम्की दिएकी कथित सामाजिक अभियन्ता शर्मिला वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नाबालिगको पक्षमा फेसबुकमा लेखेपछि अभिनेत्री रेखा थापाविरुद्ध उनले चरित्र हत्या गर्दै युट्युबहरूमा अन्तर्वार्ता दिएपछि थापाले उनी विरुद्ध साइबर अनुसन्धान ब्युरोमा जाहेरी दिएकी थिइन्।

थापाको जाहेरीको आधारमा वाइबा र युट्युवरलाई नियन्त्रणमा लिएको हो। पलको पक्षमा माहौल बनाउन तनहुँ पुगेकी उनले प्रदर्शनकोक्रममा आफ्नो कपडा आफैँ च्यातेर डिएसपीलाई बलात्कारको आरोप लगाइदिने भन्दै धम्क्याएकी थिइन्।

प्रहरीले वाइबासँगै आधा दर्जन बढी युट्युबरलाई पक्राउ गरिसकेको छ। तर पक्राउ विवरण भने सार्वजनिक गरेको छैन। नियन्त्रमा लिएकाहरुसँग सोधपुछ गर्नेक्रम जारी रहेको ब्युरो स्रोतले बतायो।

फागुन २३, २०७८ सोमबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।