माओवादीले विस्तार गर्यो केन्द्रीय सदस्य संख्या, यी हुन् प्रस्तावित नाम

माओवादीले विस्तार गर्यो केन्द्रीय सदस्य संख्या, यी हुन् प्रस्तावित नाम

काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गरेको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकले ९७ सदस्य थप्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य हितबहादुर तामाङले जानकारी दिए।

यसअघि पार्टीको पुस ११ गतेदेखि १८ गतेसम्म भएको आठौं महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो।

यस्तै केन्द्रीय सदस्यमा विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने, रञ्जित तामाङ, तिलक भण्डारी, सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटा, पञ्चा सिंह, उत्तम अधिकारी लगायतको नाम प्रस्ताव गरिएको छ।

दलित पुरुषतर्फबाट शंकर दुलाल-बागमती, ठाकुर विक-लुम्बिनी, टेकबहादुर मिजार-बागमती, रणेन्द्र बराइली-बागमती, कर्णबहादुर विक-सुदूरपश्चिम, रामलाल विक-कर्णालीको नाम प्रस्ताव भएको छ। 

दलित महिलातर्फ अनिता परियार-प्रदेश १, दलित महिला युवातर्फ सपना परियार-प्रदेश १, मुस्लिम पुरुषतर्फ अतर हुसेन-लुम्बिनी, रजी हैदर-मधेस, कोहिद अन्सारी-मधेस, इश्रार खान-लुम्बिनीको नाम प्रस्ताव गरिएको छ। यता मुस्लिम महिलातर्फ शेख चाँद तारा-मधेसको नाम प्रस्ताव गरिएको छ। 

मधेसी पुरुषतर्फ सूर्यनाथ यादव, अशोक जयशवाल, सत्यनारायण भगत, दिलीप साह, उमेशकुमार यादव, रामसिंह यादव, राधेश्याम पासवान र शिवराम यादवको नाम प्रस्ताव भएको छ। मधेसी महिलातर्फ निशा साह, इन्धु शर्मा, तारा महतो, रूबी कर्ण, सुनिता महतो, दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव), सोनिया यादवको नाम प्रस्ताव भएको छ। 

खस आर्य महिलातर्फ भेषकुमारी रावत, भवानी थापा, कञ्चन खनाल, गंगा दाहाल, कमल नहकी, करूणा बस्नेत, सीता आचार्यको नाम प्रस्ताव गरिएको छ। 

जनजाति पुरुषतर्फ देवेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर श्रेष्ठ, कुशल लिम्बू, दीर्घ श्रेष्ठ, धनबहादुर मास्की, दिनेश महर्जन, राजकाजी महर्जन, रञ्जित तामाङ, सत्यनारायण शेरचनको नाम केन्द्रीय कमिटीका लागि प्रस्ताव गरिएको छ।

जनजाति महिलातर्फ भीमकुमारी बाड्खा, पार्वती पुन, धनकुमारी रोका, दिलमाया रोका, दुर्गा राई, सिर्जना तरामु रहेका छन्। 
यता मधेसी थारू पुरुषतर्फ विजय महतो, बिनिता थारू रहेका छन्। खस आर्य युवातर्फ जीवन आचार्य, सुमन देवकोटा, सुदीप कुँवर, रमेश मल्ल, खिलप्रसाद बुढाथोकी रहेका छन्। 

केन्द्रीय प्रतिनिधितर्फ बाबुराम गौतम, जनजाती पुरुषतर्फ सूर्यमान दोङ, खसआर्य पुरुष इन्द्र गोतामे, पारसमणि, शैलेन्द्र घिमिरेको नाम प्रस्ताव गरिएको छ।

जनजाति पुरुषतर्फ कपिल लामा, खसआर्य पुरुषतर्फ गोविन्द पौडेल, दीपक कोइराला, कमल चुडाली, नारायण अधिकारी, गगनबहादुर खड्का, मंगलबहादुर शाही, कर्णबहादुर बस्नेतको नाम प्रस्ताव भएको छ। 

खस आर्य पुरुष युवातर्फ झपट साउद, शिवसिंह ओली, रत्न ढकाल, नरेन्द्र न्यौपाने, लिकराज भण्डारी, सुरेन्द्र बस्नेत, दीपक देवकोटा, उत्तम अधिकारी, विजय गौतम, प्रकाश विकल्प, विमल अधिकारी, भरत लामिछाने रहेका छन्। 

यस्तै प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुषतर्फ विष्णु सापकोटा, हरि ज्ञवाली, टेकेन्द्र भट्ट, गोपाल शर्मा, खोपबहादुर कँडेल, झलक सिंह रहेका छन्। 

प्रदेशतर्फ डीपी ढकाल-बागमती र जनजाति पुरुषतर्फ कालीबहादुर मगरको नाम प्रस्ताव भएको छ।

यता खस आर्य महिलातर्फ सुनिता गौतम, सावित्री बुढाथोकी, सरस्वती न्यौपाने, कृष्णा केसीको नाम प्रस्ताव हुँदा खस आर्य पुरुषतर्फ रामनारायण बिडारीको नाम प्रस्ताव भएको छ।

फागुन २३, २०७८ सोमबार १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।