कर्णाली नदी किनारमा भेटियो महिलाको शव

कर्णाली नदी किनारमा भेटियो महिलाको शव

सुर्खेतः कर्णाली नदी किनारामा एक महिलाको शव फेला परेको छ। चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ तार बजारनजिकै रहेको कर्णाली नदीको किनारमा महिलाको शव फेला परेको दैलेख प्रहरीले जनाएको छ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। महिलाको हालसम्म सनाखत भने हुन सकेको छैन। मृतक अन्दाजी ३२ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ।

उनी नदीमा हाम फालेकी हुन् वा हत्या भएको भन्ने बुझ्न प्रहरीले अनुसन्धान सुरु गरेको छ। अहिले प्रहरी घटनास्थलमा रहेको र अछाम र दैलेखका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीलाई महिलाबारे बुझ्न पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

फागुन २३, २०७८ सोमबार १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।