माओवादी केन्द्रीय कमिटी बैठकमा युवा नेतालाई पनि बोलाइयो

माओवादी केन्द्रीय कमिटी बैठकमा युवा नेतालाई पनि बोलाइयो

काठमाडौंः नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन विद्यार्थी, युवा र मजदूर क्लस्टरबाट नेताहरूलाई बोलाइएको छ। रमेश मल्ल, रञ्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम, तिलक भण्डारी लगायतका नेताहरूलाई बैठकमा आउन आग्रह गरिएको थियो।

हाल उनीहरू बैठकमा सहभागी छ्न्। अरू क-कसलाई बोलाइयो भन्नेबारे भने खुलाइएको छैन। केन्द्रीय कमिटी बैठकमा केही महाधिवेशन प्रतिनिधिलाई समेत सहभागी गराइएको छ।

नेता उत्तम अधिकारीले आफूलाई बोलाएपछि बैठकमा सहभागी भएको बताए।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसअघि २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्रसमक्ष प्रस्तुत गरेका थिए। प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनमा सर्वसम्मतले पारित भएको थियो।

फागुन २३, २०७८ सोमबार १३:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।