सामुदायिक वनमा भीषण आगलागी, विमानस्थल एक घण्टा बन्द, लिइयो हेलिकप्टरको सहायता

सोलुखुम्बुः तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भीषण आगलागी भइरहेको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पाले अत्यधिक भीर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकप्टर झिकाइएकोे बताएका छन्।
आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौंबाट हेलिकप्टर उडिसकेको बताइएको छ।
आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ।
वनमा लागेको आगो फैलनेक्रममा रहेको स्थानीय रामे तामाङले जानकारी दिए।
फागुन २३, २०७८ सोमबार ११:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।