मधेश प्रदेशका चार जिल्लामा आज कांग्रेस अधिवेशन

मधेश प्रदेशका चार जिल्लामा आज कांग्रेस अधिवेशन

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मधेश प्रदेशका चार जिल्लामा आज अधिवेशन हुँदैछ। यसअघि कहिले क्रियाशील सदस्यता त कहिले अन्य विभिन्न कारण देखाउँदै हुन नसकेको अधिवेशन आज हुन लागेको हो।

आज रौतहट, सर्लाही, धनुषा र सिराहामा अधिवेशन हुँदैछ।

रौतहटमा संस्थापनतर्फबाट सुनिल यादव र संस्थापनइतरबाट हृदयनारायण यादव सभापति पदका लागि लड्ने तयारी गरिरहेका छन्।सर्लाहीमा संस्थापनका सुरेन्द्र सिंह र संस्थापनइतरका लक्ष्मण राय यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा हुने भएको छ।

यता सिराहामा संस्थापनबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरीबीच प्रतिस्पर्धा हुनसक्ने भएको छ। धनुषामा कांग्रेस नेता विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पञ्जियार, संस्थापन पक्षबाट सन्तोष यादव र संस्थापनइतरबाट दिनेश यादव सभापति पदका लागि भिड्ने भएका छन्।

 

फागुन २३, २०७८ सोमबार ११:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।