गण्डकी, कर्णाली र सुदूरपश्चिममा हल्का हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिममा हल्का हिमपातको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन, यद्यपि आज यी स्थानमा हल्का हिमपात हुने भएको हो।

यतिबेला देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिनभर पनि यस्तै मौसम रहनेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै आज राति गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

फागुन २३, २०७८ सोमबार ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।