आज पोखरा महानगरमा शोक बिदा

आज पोखरा महानगरमा शोक बिदा

पोखराः पोखरा महानगरपालिकाले आज सोमबारका दिन नगरभर शोक बिदा दिएको छ। पोखरा नगरपञ्चायतका पूर्वप्रधानपञ्च गणेश शेरचनको निधनमा महानगर मातहकका सम्पूर्ण कार्यलयहरूमा आज शोक बिदा दिइएको हो।

महानगरका प्रवक्ता एवं पोखरा- ५ का वडाध्यक्ष धनबहादुर नेपालीले शोक विज्ञप्ति जारी गर्दै इमान्दार र विकासप्रेमी शेरचनको निधनले पोखरेलीलाई अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन्। उनले स्वर्गिय शेरचनले २०३२ देखि २०३८ सम्म पोखरा नगरपञ्चायतको प्रधानपञ्च भएर गरेको योगदानलाइ पोखरेलीले सधैँ सम्झिरहने उल्लेख गरेका छन्।

मधुमेह र मिर्गौलाको समस्याबाट पीडित ७८ वर्षीय शेरचनको आइतबार बिहान काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। गुरुङको निधनप्रति महानगरपालिका कार्यालयले दुःख व्यक्त गरेको छ।

फागुन २३, २०७८ सोमबार ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।