ताहाचलमा एक करोड ५० लाख नगद सहित २ जना पक्राउ

काठमाडौँ : महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौँको ताहाचलबाट एक करोड ५० लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
महाशाखाको टोलीले भारतको सिलिगुडीका ३२ वर्षीय अमित अग्रवाल र काठमाडौँ महानगरपालिका-१३ ताहाचल बस्ने २६ वर्षीय बिक्की खड्गीलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट एक करोड ५० लाख बरामद गरेको प्रहरीले जनाएको छ। सो रकम स्रोत नखुलेको हो या हुन्डी हो या अन्य स्रोतको खुलेको छैन। प्रहरीले हुन्डीको पैसा भएको शङ्का गरेको छ।
फागुन २३, २०७८ सोमबार ०४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।