६० वर्षीया महिलालाई आफ्नै श्रीमान्ले हाने घातक रसायन

भक्तपुर : भक्तपुरमा एक महिलामाथि घातक रसायन प्रहार भएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरको अनुसार सूर्य विनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुलाई हानिकारक रसायन प्रहार भएको हो।
रसायनले हानेको आरोपमा उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेका छन्। रसायन तेजाब हो या अन्य खुलेको छैन। प्रहरीले परीक्षणका लागि पठाएको जनाएको छ। महिलाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
फागुन २३, २०७८ सोमबार ०४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।