एकै दिन तीन नाबालिगको बलात्कार, तीनै आरोपी बालिग

काठमाडौँ : एकै दिन १३ वर्षीयादेखि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। दैलेख, ललितपुर र झापामा नाबालिगको बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
दैलेखमा १३ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा चामुण्डा बिन्दाशैनी नगरपालिका-४ का २४ वर्षीय नवीन शाही पक्राउ परेका हुन्। नवीनले आफ्नै घरमा ती बालिकाका बलात्कार गरेको आरोप छ।
यसै गरी ललितपुरमा १३ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा २३ वर्षीय प्रकाश भन्ने छविलाल खड्का पक्राउ परेका छन्।
खड्काले ती बालिकालाई ललाई फकाई गोदावरी नगरपालिका-५ लेलेस्थित तरकारी खेती गरेको टनेलमा लगेर बलात्कार गरेको आरोप छ। झापामा १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा २५ वर्षीय रोहित शिवा पक्राउ परेका छन्।
रोहितले गत फागुन १२ गते ती बालिकालाई ललाई फकाई आफ्नो घरमा लगी बलात्कार गरेको आरोप छ। इलाका प्रहरी कार्यालय बुधबारेले उनलाई पक्राउ गरेको थियो। यी तीनै घटना शुक्रवारका हुन्।
फागुन २२, २०७८ आइतबार २०:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।