साहित्य र पत्रकारितामा नारीवादी आन्दोलनबारे विमर्श

ललितपुर : नेपाली साहित्यका स्रष्टाहरूले नारीवादी आन्दोलन, नारीका मुद्दालाई केन्द्रमा राखेर थुप्रै सिर्जनाहरू गरेका छन्। राजनीतिक दृष्टिबाट नेपालको नारीवादी आन्दोलनमाथि थुप्रै विमर्श भएका छन् तर साहित्य र सिर्जनालाई केन्द्रमा राखेर छलफल गरिएको कमै सुनिन्छ।
यसैबिच अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जनमत साहित्य डटकमले 'महिला विभेद' विषयमा पाटन संग्रहालयमा साहित्य तथा सांस्कृतिक पत्रकारिता सम्बन्धी कार्यक्रमको आयोजना गर्यो।
तीन सत्रमा विभाजित कार्यक्रमको पहिलो सत्रमा ८ मार्चको सन्दर्भ पारेर नेपालको महिला मुक्तिको आन्दोलनलाई साहित्यका दृष्टिकोणबाट किन नहेर्ने ? विभेद विरुद्ध नारी साहित्य , नेपाली साहित्यमा लैङ्गिकता बारेको बहस भएको थियो। डा. ज्ञानु पाण्डे, विमला तुम्खेवा तथा समाश्री वक्ताको रूपमा रहेको सो बहसमा सहजकर्ताको रूपमा नेपाली तथा अङ्ग्रेजी भाषामा कविता लेख्दै आएकी अस्मिता मानन्धर थिइन्।
कार्यक्रमको दोस्रो सत्रमा नेपाली समाज विकासमा महत्त्वपूर्ण देखिएको सांस्कृतिक इतिहास, मूर्त अमूर्त सम्पदा र तीनको संरक्षण जस्ता विषयमा महिला सञ्चारकर्मीहरूको अवस्था कस्तो छ? उनीहरूको मुख्य समस्याहरूको बारेमा युवा पुस्ताका प्रतिनिधित्व गरी रहेका महिला पत्रकारहरूबाट समस्यालाई पाटन म्युजियमका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले समस्या समाधानबारे बोलेकी थिइन्। काठमाडौँ प्रेसवाट प्रविता श्रेष्ठ, नेपाल भ्युजवाट सुनिता साखकर्मी प्रतिनिधित्व गरेको सो बहसको सहजकर्ता बाह्खरीडटकमी वर्षा महर्जन थिइन्।
आई ओपनर मिडिया प्राली तथा याक इन्टरपेनर ट्रेनर्रसको व्यवस्थापनमा सम्पन्न कार्यक्रमको तेस्रो सत्रमा विभिन्न महिला कवियत्रीहरुवाट नेपाली, अङ्ग्रेजी, नेपाल भाषा र मैथिली भाषाका डेढ दर्जन कविताहरू वाचन भएको थियो। गायत्री विष्ट, गाउँले, विमला तुम्खेवा, समाश्री, रमी प्रिया, राधिका कल्पित, निशा केसी, लक्ष्मी थापा, सुषमा खत्री,गीता कार्की, विज्ञाता काकी, दिल कुमारी डङ्गोल, पूर्णिमा महर्जन, मोतीलक्ष्मी शाक्य, मैंया पहरी,सुशीला शाक्य, सावित्री गिरी, अनिता कोइराला, सुधा मिश्रले कविता वाचन गरेका थिए।
फागुन २२, २०७८ आइतबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।