एमाले सांसदसहितको महाअभियोग सिफारिस समिति गठन

काठमाडौंः प्रतिनिधि सभाको आजको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्ताव अगाडि बढाउन सिफारिस समिति गठन गरिएको हो।
समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल रहने भएका छन्। सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट मीनबहादुर विक र रामबहादुर विष्ट रहनेछन्। माओवादीका तर्फबाट यसोदा सुवेदी र
रेखा शर्मा रहेका छन्।
यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट कल्याणी खड्का रहेकी छिन्। लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट एकवाल मियाँ रहेका छन् भने जनता समाजवादी पार्टीका तर्फबाट प्रमोद साह समितिको सदस्य रहेका छन्।
यता संसद् अवरुद्ध गर्दै आएको नेकपा एमाले महाभियोग सिफारिस समितिमा भने बसेको छ।
फागुन २२, २०७८ आइतबार १४:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।